फिल्म 'शमशेर' निर्माण हुने भएको छ । फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण बारे बताइएको हो l फिल्ममा अभिनेता मनिष राउत 'शमशेर' पात्रमा देखिने छन् l एक्सन जनरामा बन्न लागेको फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l
फिल्ममा अभिनेता पक्का भएपनी अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिषको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l