मिसेस नेपाल आइडल २०२२ को उपाधि कविता राइले जितेकी छन् l मिसेस नेपाल आइडलको छैटौँ संस्करण  छैटौँ संस्करण यही सोमबार राजधानीको म्युजिक सिटी, ग्वार्कोमा सम्पन्न भएको थियो । हिमालयन मुभिजद्धारा आयोजित सो कार्यक्रममा गोकर्णकी कविता राई विजेता भइन भने करुणा शाह फस्ट रनर अप र साया राई सेकेन्ड रनर अप घोषित भएका छन् । त्यस्तै गरी सबटाइटल अवार्ड तर्फ मोस्ट इन्टिलीजेन्ट एवं मोस्ट पपुलर कविता राई, मोस्ट एट्राक्टीभ एवं मोस्ट पपुलर भिडियो अवार्ड करुणा राई, बेस्ट फोटोजेनिक साया राई, मोस्ट स्मार्ट अनिता महर्जन, मोस्ट चार्मिङ शुष्मा तामाङ, वेस्ट पर्सनालिटी सन्जु शाही ठकुरी, बेस्ट डिसिप्लीन रसनी तामाङ एवं मोस्ट एयाक्टीभ सुनमाया स्याङतानले हात पार्न सफल भएका छन् । हालै वेस्ट फेसनकोरियोग्राफर २०२१ को अवार्ड विजेता फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रम विवाहित महिलाहरूको क्षमता र प्रतिभा प्रस्फुटन गराउनुका साथै समाजमा महिलाहरूको नेतृत्वदायी भूमिका स्थापित गराउने उद्देश्य लिएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा आकर्षक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रमको निर्णायक मण्डलमा नायिका सञ्चिता लुइँटेल, नायक एवं मोडल यशराज गराच, मोडल एवं नायिका तेजुला खतिवडा, फेसन डिजाइनर सुक्निता चौलागाइ र मिसेस हिमालयन नेपाल २०२१ भिष्मा नेम्वाङ रहेका थिए । स्टुडियो कुवेरको तर्फबाट कुवेर तामाङको फोटोग्राफी रहेको कार्यक्रमलाई काष्ठमण्डप टी.भी.ले सम्प्रेषण गरेको थियो, कार्यक्रमको सञ्चालन नायक एवं मोडल दिक्पाल कार्कीले गरेका थिए ।