हिजो शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘२ रुपैयाँ’ले सुखद ओपनिङ गरेको छ । असिम शाहको निर्देशनमा बनेको चलचित्रले पहिलो दिनको राम्रो सुरुवात गरेको र सनिबारका अधिकांश सोहरु हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘२ रुपैयाँ’मा आसिफ शाह र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ ।  दुर्इ युवकले पैसा कमाउन गरेकाे सर्घषलार्इ चलचित्रमा कमेडी तरिकाबाट प्रस्तुत गरिएकाे छ ।

 

 २ रुपैयाँलाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको छ । चलचित्रमा निश्चल र आसिफको साथमा मेनुका प्रधान, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।