पल शाहविरुद्ध तेस्रो पटक म्याद थप्ने तयारी गरिएको छ । यसअघि पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद लिइएको थियो । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत गत शुक्रवार पक्राउ गरेको थियो । पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद दिएको थियो । उक्त म्याद आज सकिँदै छ l