फिल्म 'गड फादर'मा काम गरे बापत पारिश्रमिक सलमानले नलिने भएका छन् l साउथ स्टार चिरञ्जीवीसँगको घनिष्ठ मित्रताका कारण उनले फिल्ममा काम गरे बापत पारिश्रमिक नलिने भएका हुन् l भारतिय संचारमा उल्लेख अनुसार उनले २० करोड त्यागेका हुन् l फिल्ममा केमियो भूमिका रहेको सलमानले आफूलाई पारिश्रमिक दिए फिल्ममा कामै नगर्ने अडान समेत लिएका छन् । ‘गडफादर’ फिल्मका लागि सलमानले एक साता मुम्बईमा सुटिङ गर्नेछन् । सलमानले पारिश्रमिकको विषयमा चिरञ्जीवीसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भनेको छ, ‘यदि मैले मेरो फिल्ममा एक स्पेसल केमियो गर्न आग्रह गरे भने तपाईँ पारिश्रमिक लिनु हुन्छ ?’ सलमानको यो कुराले चिरञ्जीवी निःशब्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘ फिल्ममा सलमानको २० मिनेटको मात्रै रोल् छ l