रानी शाक्य र रोशन बलुवाको सुमधुर आवाजमा गीत ‘नपार दोधारमा’ सार्वजनिक भएको छ । गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ । मदन खड्काको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको यो भिडियोमा वीरेन्द्र भट्टको छायाङ्कन, विकास ज्ञवालीको सम्पादन छ ।
भिडियोमा नायक पुष्प खड्का र मोडल गीता ढुंगानालाई रोमान्टिक रुपमा अभिनय गरेका छन् । भिडियोलाई गायिका रानीकै आधिकारिक युट्युब च्यानल बाट रिलिज गरिएको छ l