हास्य कलाकार पल्पसा डंगोललाई कल्याणकारी कोषबाट केही रकम सहयोग गरिएको छ l चलचित्र कलाकार संघको सिफारिसमा कलाकार चलचित्र विकास बोर्ड अन्तर्गतको कलाकार कल्याणकारी कोषबाट पल्पसालाई दुई लाख रुपैयाँ नगद सहयोग गरिएको हो l हाल मिर्गौला प्रत्यारोपण पस्चात अस्पतालमा रहेकी उनलाई रकम प्रदान गर्न कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल, संघका अध्यक्ष रवीन्द्र खड्कासहित कलाकर्मीहरूको एउटा समूह अस्पताल पुगेको थियो । कला यात्रामा पल्पसाको लामो समयको महत्त्वपूर्ण योगदानको कदर गर्दै उक्त रकम उपलब्ध गराइएको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए ।