मिलन चाम्सको निर्देशनमा नेपाली महिला फुटबलकी पहिलो नम्बरकी गोलरक्षक एन्जिला तोम्बापोको जीवनीमा फिल्म बन्ने भएको छ l निर्मातामा प्रेमकुमार श्रेष्ठ रहने ‘अन्जिला’ नामक फिल्मलाई यस थापाले लेखेका छन् l केन्द्र मोसन पिक्चर्सको प्रस्तुतिमा मुन लभ इन्टरटेमेन्टले सहकार्य रहेको फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहने छ । सह निर्मातामा केन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश अग्रवाल छन् । इलामको फिक्कल र काठमाडौँमा छयाङ्कन हुने फिल्म आगामी दसैँ आसपासमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ l एन्जिलाले भने आफ्नो वायोपिकका लागि मण्डला थिएटरमा अभिनय सिकिरहेकी छिन् ।