गायक प्रकाश सपुतको गीत 'पिर' ले रेकर्ड राखेको छ l रिलिज भएको छोटो समयमा नै १ करोड भ्युज प्राप्त गर्दै साङ्गतिक क्षेत्रमा नै रेकर्ड कायम गरेको हो l विवादकै कारण पनि गीतले युट्युबमा उक्त रेकर्ड राख्न सफल भएको हो l रिलिज भएको ७ दिन मानै गीत यतीको भ्युज पाएको हो l यस अघि विष्णु माझिको 'चरी जेलैमा' ले १२ दिनमा उक्त रेकर्ड राखेको थियो l अब प्रकाशको गीत विष्णु माझीलाई पनि पछाडि पारेको छ l गीतलाई अति नै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ l प्रकाशकै भोकल , शब्द रचना र लय सिर्जना रहेको गीतले राजनीतिमा लागेर आखिर के चाहिँ पाइयो भन्दै विदेश भासिनुको पिडा भिडियोमा देखाएको छ l भिडियोमा केही त्यस्ता पात्रहरू समेटिएका छन् जसले ज्यानको बाजी थापेर देशलाई नयाँ व्यवस्था दिए र बन्दुक त बिसाए तर आफ्नै पिर बिसाउन भने पाएनन् । कन्सेप्ट र निर्देशन पनि प्रकाशकै रहेको छ l नवराज उप्रेतीको दृश्य कैद र विपिन भाट्को सम्पादन 'पिर' मा समावेश छ l भिडियोमा प्रकाश सपुत , सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन 'केसरी', पुष्प अवस्थी र विशाल घिमिरेको अभिनय रहेको छ l