फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुन केन्द्रमा छन् । भिन्न गेट अप र लवजमा प्रस्तुत उनीहरूको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । आगामी वैशाख १६ गते रिलिज हुने फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दिया पुन लगायत कलाकारहरूको अभिनय रहेको छ ।
गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण गरिएको हो l खिलबहादुर गुरुङले फिल्म निर्देशन गरेका हुन् । साम्तेन भुटियाको कथा रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । फिल्मले गोरखाको मनास्लु क्षेत्रको कथालाई भन्नेछ । सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पाश्वर्य संगीत समावेश फिल्ममा देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेका छन् l