केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नायिका प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । क्रिप्टोकरेन्सीको प्रचार गरेको विषयमा साइबर ब्युरोले अनुसन्धानको लागि कार्कीलाई बोलाएको हो l आफ्नो जानकारीबिना तस्बिर राखेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ । उक्त एपको विषयमा आफूलाई जानकारी नरहेको कार्कीले बताइन् । ‘मेरो साथै आफ्नो तस्बिर प्रयोग गरेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको र यस् देशमा जसले जे पनि गर्न पाउँछ के गर्ने ?’ भनेर उनले बताएकी थिइन् l