फिल्म 'दुई नम्बरी' बाट नायिका वर्षा राउत बाहिरिएकी छिन् l अर्को प्रोजेक्टमा समय दिनुपर्ने र सो फिल्मको छायांकन तालिका जुधेपछि छाड्ने निर्णय गरेको बुझिएको छ l अब वर्षाको ठाउँमा पूजा शर्मा, उपासना सिंह ठकुरी र साम्राज्ञी राज्यलक्ष्मी शाहमध्ये एक जना अभिनेत्री फिल्ममा फाइनल हुनेछन् l चैत दोस्रो सातादेखि पोखरा आसपासमा फिल्मको छायांकन हुने छ l साथै यो फिल्म पुन :अगाडी देखी नै खिचिने छ l फिल्ममा सौगात मल्ल, दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा रहने भएका छन् । दीपेन्द्र लामाको निर्देशन बन्ने ‘२ नम्बरी’मा अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् । फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ l