नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने पर्यटन मन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खान बिच भर्चुअल संवाद हुने भएको छ l यसै साता हुने भर्चुअल संवाद बारे डिसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति निकाल्दै जानकारी गराएको हो l आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो । सलमानलाई नेपाल ल्याउन लागेको ओडिसी इन्टरटेनमेन्टले त्यसअघि मन्त्री आलेसहितको भर्चुअल संवादमा सलमान सहभागी हुने जनाएको छ । सलमानसँग पत्रकारहरूलाई पनि सवाल जवाफमा भाग लिन दिइने आयोजकले जनाएको छ । मन्त्री आलेकै पहलमा सलमानलाई ल्याउन लागिएको हो ।