बलिउड फिल्म ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् l फिल्ममा टाइगरको अलावा तारा सुतारिया र नवाजुद्दीन सिद्धिकी पनि मुख्य भूमिकामा छन्।
साजिद नाडियाडवालाले निर्माण गरेको फिल्म आगामी अप्रिल २९ देखि हलमा रिलिज हुँदै छ l रोमान्स, एक्सन, कमेडी र सस्पेन्स मिश्रण गरिएको ट्रेलरमा नवाजुद्दिन लैला नामक खलपात्रको भूमिकामा देखिएका छन् ।