फिल्म‘शमशेर’मा नायक गौरव पहारी अनुबन्धित भएका छन्। उनी अनुबन्धित भए सँगै निर्माण पक्षले उनको डरलाग्दो रूप समेत पोस्टरमार्फत सार्वजनिक गरेको छ। फिल्ममा उनी रागवको भूमिकामा देखिँदै छन्। एक्सन जनरामा बन्न लागेको फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो l फिल्ममा अभिनेता पक्का भएपनी अभिनेत्री भने फाइनल भैसकेको छैन l हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् l फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्ममा मनिषको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ l