म्युजिक भिडियोमा हुदैँ चलचित्रमा आफूलाई स्थापित गराउने कलाकार मध्य नायक पल शाहको नाम अगाडी आउँछ । कतिपय कलाकारहरू म्युजिक भिडियोमा राम्रै चलेका पनि चलचित्रमा भने आफूलाई परिचित गराउन सकेका छैनन् । म्युजिक भिडियोमा जमेका कलाकार चलचित्रमा जम्न सक्दैनन् भन्ने भनाइलाई नायक पल शाहले उल्टो बनाइएका छन् । एक समय हरेक जसो म्युजिक भिडियोमा पललाई देख्न सकिन्थ्यो । तर पछिल्लो समय म्युजिक भिडियोमा पललाई खासै देखिदैनन् । विकास आचार्यको निर्देशनमा बनेको चलचित्र ‘नाई न भन्नु ल ४’बाट चलचित्रमा डेव्यु गरेका पलको व्यस्तता पहिलो चलचित्रबाट नै बढ्यो ।

पहिलो चलचित्र हिट भएसँगै उनको पनि प्रशंसा हुन थाल्यो । म्युजिक भिडियोमा काम गरिरहेका धेरै कलाकारको चलचित्र सफल हुन नसकिरहेको अवस्थामा पल पहिलो चलचित्रबाट नै सफल भएका थिए । राम्रो ब्यानर र सफल टिमसँग पहिलो चलचित्रमा काम गरेकाले उनी सफल भएको भन्नेहरु पनि कम भएनन् । त्यस्तै पलको अभिनय रहेको दोस्रो चलचित्र ‘म यस्तो गीत गाँउछु’ पनि सफल भयो । पहिलो र दोस्रो चलचित्र हिट भएसँगै यति बेला पललाई अर्को चुनौती थपिएको छ । त्यो हो जोनी जेन्टलम्यान । पल अभिनित चलचित्र जोनी जेन्टलम्यान यति बेला प्रदर्शनको क्रममा (तयारीमा) रहेको छ । अभिनयको हिसाबले पलको यो चलचित्र दोस्रो हो । तर प्रदर्शनको हिसाबले तेस्रो चलचित्र हो । यति बेला चलचित्रको टिम सहित पल जोनी जेन्टलम्यानको प्रमोसनको लागी पूर्वका जिल्लाहरूमा पुगेका छन् । ‘चलचित्र प्रदर्शन हुदैँ छ भन्ने जानकारी दिनु हो । त्यसैले अहिले इटहरीमा छौ । अब हाम्रो टिम बुटवल, पोखरा हुदैँ काठमाडौँ आउँछ ।फोनमा बोल्दै पलले जानकारी दिए । चलचित्र प्रति कतिको डर छ ? पल भन्छन् ‘कुनै पनि कलाकारलाई चलचित्र रिलिज हुनु अगाडी डर त लागी हाल्छ । त्यस्तै नभर्स पनि छु । दुई वटा चलचित्र हिट भएका छन् अब यो ( जोनी जेन्टलम्यान) कस्तो हुन्छ भनेर उत्साहित छु ।’

आफूले गरेको कामलाई दर्शकको साथ मिल्नेमा उनी ढुक्क देख्निन्थे । भन्छन् ‘दुई वटा चलचित्रमा मलाई दर्शकले जति रुचाउनु भयो । त्यस्तै म माथि जति आस छ त्यो जोनी जेन्टलम्यानले धेरै मात्रामा पुरा गर्ने सक्छ । मैले चलचित्र हेरेको छु । मैले गरेको कामलाई दर्शकको साथ मिल्छ भन्नेमा ढुक्क छु । ’ पललाई आफूले गरेको कामको साथै चलचित्र चल्नको लागी लकको आवश्यकता पर्ने बताउछन् । उनी भन्छन् ‘चलचित्रमा कलाकारको साथै, कथा, मेकिङ सबै राम्रो हुन्छ । तर कहिलेकाहिँ समय, देशको परिस्थिति लगायतका कुराले असर पर्ने जान्छ । यस्तै कुराले डर लाग्छ । ’

 
पहिलो चलचित्रबाट नै पल शाहको नाम नायिका आँचल शर्मासँग जोडिएको थियो । मिडियामा यी दुई प्रेममा छन् भनेर केही गसिफहरु पनि बने । तर दुवैले मिडिया सामु आफूहरू प्रेममा नरहेको बताउँदै आएका छन् । पल भन्छन् ‘
पहिलो चलचित्रमा एकसाथ काम गर्‍यौं दोस्रो चलचित्रमा पनि एकसाथ नै छौ । त्यही कारण कतिलाई लाग्न सक्छ प्रेममा छौ भनेर तर, हामी मिल्ने साथी मात्र हो । साथी भन्दा माथि पुगेको छैन । दर्शकले हाम्रो जोडीलाई मन पराइदिनु भएको छ । त्यसमा खुसी छु ’ । चलचित्र ‘जोनी जेन्टलम्यान’मा पलको साथमा आचँल मुख्य भूमिका छन् । चलचित्रलाई नितिन शाहले निर्देशन गरेका हुन् ।