टेलिसिरियल 'मेरो कथा'को ५१ औँ भाग पुगेको छ l ५१ औ भागमा पुगेको अवसर पारेर निर्माण टिमले सफलता तथा सम्मान कार्यक्रम गरेका छन् l कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिले सिरियललाई सफलताको शुभकामना दिएका थिए । धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियललाई तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समीर मिया, रामेश्वर हुमागाईँ छायांकन रहेको छ । कार्यक्रमका सम्पूर्ण कलाकारलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो l कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ, नेपालका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थिति रहेको थियो ।