एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहमाथिको अनुसन्धान सकिएको छ । अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा उक्त मुद्धाको मिसिल (फाइल) बुझाएको छ । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l प्रहरीले घटनामा जोडिएका अन्यसँग पनि सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत गत शुक्रवार पक्राउ गरेको थियो । पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद सकिनुका साथै थप् तेश्रो म्याद थपिएको थियो l