फिल्म 'दुई नम्बरी' बाट नायिका वर्षा राउत बाहिरिएकी पछि निर्माण युनिटले अभिनेत्री उपासना सिंह ठकुरीलाई भित्र्याएका छन् l चैत दोस्रो सातादेखि पोखरा आसपासमा फिल्मको छायांकन हुने छ l प्रस्तुतकर्ता किरण नेपालीले वर्षाको ठाउँमा उपासनालाई अनुबन्धित गरिएको जानकारी दिएका हुन् । साथै यो फिल्म पुन :अगाडी देखी नै खिचिने छ l फिल्ममा सौगात मल्ल, दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्ममा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) पनि निर्माताको रुपमा रहने भएका छन् । दीपेन्द्र लामाको निर्देशन बन्ने ‘२ नम्बरी’मा अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् । फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ l