नाटक ‘मितज्यू’ पुनः मञ्चन हुने भएको छ । दयाहाङ राईको निर्देशन रहेको नाटक मंगलबारबाट नाटक एक हप्ताका लागि विशेष मञ्चन हुने भएको हो । १३ गतेसम्म हरेक दिन ५ बजे र शुक्रवार र शनिवार एक बजे समेत मञ्चन हुने नाटक सोमनाथ खनालले लेखेका हुन् l मितेरी साइनोको कथा व्यक्त गर्ने यस अगाडि पनि कयौँ पटक मञ्चन भइसकेको छ । सिर्जना सुब्बा, बुद्धि तामाङ, विजय बराल लगायतको नाटकमा अभिनय देख्न सकिन्छ ।