नायिका वर्षा सिवाकोटीले बिकिनी लगाएको तस्बिर सामाजिक सञ्जाल बाट हटाएकी छिन् l नकारात्मक कमेन्टको बाढी आएपछि उनी उक्त तस्बिर हटाउन बाध्य बनेकी हुन् l यसै साता उनले फ्लोरिडाको समुन्द्री तटमा खिचाइएका बिकिनी पहिरनका तस्बिर इन्स्टाग्राम र फेसबुकमा पोस्ट गरेकी थिइन् । केही सञ्जाल प्रयोगकर्ता राम्रै कमेन्ट गरेका छन् भने प्रायले नराम्रो नै कमेन्ट गरेका छन् l कतिले कलाकार राज कटवालसँगको ब्रेकअपको पीडा भुलाउन उनी अमेरिका घुम्न गएको भन्दै टिप्पणी पनि गरे । बुझिए अनुसार उनले उक्त कमेन्ट गर्नेहरू माथि नेपाल आएपछि साइबर क्राइममा उजुरी गर्ने छिन् l