अभिनेता पल शाहविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्धको अनुसन्धान सकाएर आज अदालतमा मुद्दा दर्ता गरेको हो । २१ दिनको अनुसन्धान सक्काएर सरकारी वकिलको कार्यालयले मंगलवार अदालतमा मुद्दा दर्ता गरेको हो । शाहविरुद्ध यसअघि सरकारी वकिलको कार्यालयले नवलपरासीको अदालतमा बलात्कारको मुद्दा दर्ता गरिसकेको छ । साथै , यो घटनामा मतियारको भूमिका खेलेको भन्दै शाहका म्यानेजर कृष्ण जोशीलाई पनि आधा सजायको माग दाबी गरिएको जानकारी प्राप्त छ । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको थियो । पल विरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद सकिनुका साथै थप् तेश्रो म्याद थपिएको थियो l