मेलिना राईको आवाजमा ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन रत्न भिखारीको शब्द रहेको गीतमा संगीत सुनिल मास्केले भरेका छन् l म्युजिक भिडियोमा ध्रुव दत्त र अमिका महतको अभिनय रहेको छ ।
निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशन भिडियोमा देख्न सकिन्छ l भिडियोको सम्पूर्ण छायाङ्कन लन्डनमा गरिएको छ l