गीतकार दर्पण राई पक्राउ परेका छन् l ठगी मुद्दामा उनलाई भैंसेपाटीबाट प्रहरीले पक्राउ गरेर महाराजगन्ज वृत्तमा पुर्याइएको छ । उनी विरुद्ध केही समय अघि चेक बाउन्सको उजुरी परेको थियो l ४८ लाख रकम लिन पर्ने र बैक गएर उक्त रकम लिन खोज्दा पर्याप्त रकम नरहेको पीडितको भनाइ छ l पीडितहरूका अनुसार राईले अन्य धेरैलाई लाखौँ ठगेका छन् । उनी विरुद्ध भोलि अर्को मुद्दा पनि हाल्ने तयारी पीडितले गरेका छन् l तर गीतकार दर्पणले भने पीडितहरू सँग कारोबार गरेको र खाएरै भाग्न भने नखोजेको बताएका छन् l ढिलो चाँडो कारोबार गर्दा हुने र आफूले म्यानेज गरिरहेको राईको भनाइ छ l । उनका ‘तिम्ले बाटो फेर्यौ अरे’ भाग एक र भाग दुई गीत चर्चित छन् ।