गायक धिरज राईको गीत ‘लुकी लुकी’ युट्युबमा फेरि सार्वजनिक गरिएको छ । २५ वर्ष पछि गायक राई उक्त गीत मार्फत दर्शक माझ आएका हुन् l धिरज राईको स्वर, शब्द तथा सङ्गीत गीतमा छ l

गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन रहेको गीतको भिडियोलाई ट्रि इन्टरटेन्मेन्ट युट्युब च्यानल बाट रिलिज गरिएको हो l भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ ।