बलिउड अभिनेता सलमान खानलाई र पर्यटन मन्त्री प्रेम आले बिच भर्चुअल संवाद भएको छ l मन्त्री आले अभिनेता खानलाई  प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् l मन्त्री आलेसँग करिब १० मिनेट भएको भर्चुअल कुराकानीमा आफू खानको ठुलो फ्यान भएको र अधिकांश फिल्म हेरेको पनि सुनाए । आगामी जेठ १४ गते काठमाडौँको दशरथ रंगशालामा हुने कार्यक्रमका लागि अभिनेता सलमान खानले आफू नेपाल आउँदै छन् l ‘दबङ रिलोडेड टुर’का लागि सलमानलाई नेपाल ल्याउन लागिएको हो । कार्यक्रमलाई ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको हो l मन्त्री आलेलाई यसअघि पटक(पटक नेपाल आउन आग्रह भए पनि समय नमिलेकाले यस पटक एकदमै उत्साहित रहेको सलमानले बताए ।