‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । गोरखा जिल्लाको लाप्राकमा वैशाख ५ गतेदेखि ७ गतेसम्म महोत्सव आयोजना हुन लागेको हो l सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको उक्त महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषा भाषीका फिल्म सहभागी गराइने छ l

Cine pati

महोत्सवमा सहभागी हुन चाहने फिल्मले ruralnepal2078@gmail.com मा इमेल गरेर सहभागिता जनाउन सक्नेछन् । ‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।’ महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका फिल्महरूलाई मात्र सहभागी गराइने आयोजक संस्था सेलिब्रेटी नेपालले जानकारी दिएको छ । साथै, महोत्सवमा जुरी टिमले छनोट गरेका फिल्महरू स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिने आयोजकले बताएका छन् l रुको बिचमा ग्रामीण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धी अन्तरक्रिया पनि हुने छ l