फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत ‘अनौठो माया’ सार्वजनिक भएको छ । एड्रिन प्रधान र रजिना रिमालको स्वर रहेको गीतलाई अंग्रेजी र नेपाली शब्दलाई मिश्रण गरेर तयार गरिएको छ l गीतमा अमित श्रेष्ठको संगीत र एभरेष्ट सूर्य बोहोराको शब्द रचना छ । गीतको भिडियोमा फिल्मका नायक विक्रम डी जोशी र नायिका दीपिका प्रसाईँ फिचर छन् । गीतले उनीहरूको प्रेम भाव बोल्छ ।
१८ चैत्र बाट रिलिज हुन लागेको फिल्मलाई महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरीएको हो l सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको निर्देशन रहेको फिल्ममा फिल्ममा विक्रम डी जोशी, दीपिका प्रसाईँ, प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेष्ट सूर्य बोहरा, सविता गुरुङ, सनमकुमार वैराग, बिभिया श्रेष्ठ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ । पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको फिल्मको गीतमा विष्णु देवाको कोरियोग्राफी छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् ।