बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा तहल्का पिटेको छ l फिल्मले बक्स अफिसमा ऐतिहासिक कमाई गरेको छ l रिलिज भएको दुई हप्ता नपुग्दै फिल्मले २ सय करोडको व्यापार गरेको छ l रिलिजको पहिलो हप्तामानै १०० करोड कमाउन सफल बनेको फिल्मले हाल सम्म आउँदा २०० करोड कमाएको हो l प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाख , शुक्रवार शुक्रवार १९ करोड १५ लाख, शनिवार २४ करोड ८० लाख, आइतबार २९ करोड २० लाख, सोमवार १२ करोड ४० लाख, मंगलवार १० करोड २५ लाख र बुधवार १० करोड ३ लाखको व्यापार गर्दै फिल्मले १२औँ दिनमा २ सय करोडको आँकडा छोएको हो । २५ करोडमा निर्माण भएको फिल्मले ६ सय स्क्रिनबाट प्रदर्शन थालनी गरेको थियो । माउथ पब्लिसिटी बाट नै दर्शक तान्न सफल बनेको फिल्मलाई विवेक अग्निहोत्रीले निर्देशन गरेका हुन् l फिल्ममा कश्मीर पीडितको त्यस बेलाको कथा प्रस्तुत गरिएको छ, जब ९० को दशकमा उनीहरूलाई आफ्नै राज्यबाट निकालिएको थियो । फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार, पल्लवी जोशी, पुनीत इस्सर, मृणाल कुलकर्णी लगायतका कलाकारको अभिनय छ l