गोपीकृष्ण हल्ल पुन: सञ्चालनमा आउने भएको छ l कोरोनाका कारण गत दुई वर्ष देखी बन्द रहेको सिनेमा घर शुक्रवार बाट सञ्चालनमा आउने भएको हो l गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् l गोपीकृष्णले रातो, हरियो र नीलो रंगको थिममा विभाजन गरेर ओम, नमः र शिवाय हलको प्रविधि र भौतिक पूर्वाधारमा ठुलो सुधार गर्दै सञ्चालनमा ल्याउन लागेको हो । साथै , सञ्चालनकै पहिलो दिन बाट ‘चिसो एष्ट्रे’, ‘द कश्मीर फाइल्स’ र ‘आरआरआर’ प्रदर्शन गरिने छ l
तीन सय रुपैयाँ टिकट दर कायम गरिएको हलमा शुक्रवारबाट बिहान ८ देखि राती ८ बजेसम्म दैनिक १२ वटा सो सञ्चालन हुने बताइएको छ । अहिले गोपीकृष्ण हल भएको ठाउँमा कम्प्लेक्स निर्माण भइरहेको छ । जसका लागि ७ वटा हलमध्ये चार वटा भत्काइएको छ । बाँकी तीन वटा हल भने सञ्चालनमा आउने भएका हुन् । निर्माताले सबैभन्दा बढी शेयर पाउने हल नै यही रहेको छ l