आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खान नेपाल आउँदै छन् l  काठमाडौँको दशरथ रंगशालामा हुने कार्यक्रमका ‘दबङ रिलोडेड टुर’को लागि नेपाल आउन लागेका हुन् l उक्त कार्यक्रममा आए बापत सलमानले भारु ३ करोड पारिश्रमिक लिएका छन् l कार्यक्रमलाई ओडिसीले आयोजना गरेको हो l ओडीसी प्रमुख सीमान्त गुरुङले उक्त रकम दिएको बताएका हुन् l ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरू सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउन लागेको हो । अहिलेसम्म सबै कलाकारका लागि जम्मा भारु ६ करोड छुट्टाइएको छ l त्यस मध्य बाट ३ करोड सलमानलाई हो भने बाँकी ३ करोड भने अन्य कलाकारहरूको पारिश्रमिक हो । सलमानको नेपाल बसाइ ३ दिनको रहेको छ l साथै सलमानले ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको रहेको छ  । इभेन्ट २८ तारिखमा हुने छ l