फिल्म ‘सरी मम’को छायांकन सुरु गरिएको छ । बिहीबार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो l नायिका सरिता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए । एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मलाई नवीन बोगटीले निर्देशन गर्दै छन् । ३० दिनको सेड्युल राखिएको फिल्मको छायांकन बागमती र गण्डकी प्रदेशमा गरिनेछ । विनोद लामाको प्रस्तुतिमा फिल्म निर्माण हुने छ l सामाजिक कथावस्तुमा निर्माण गरिने फिल्ममा सरिता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, बिहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाईँ र प्रविल कटुवालको अभिनय रहने छ । फिल्मलाई दीर्घ गुरुङले छायांकन गर्नेछन् । फिल्म आगामी वर्षको दसैँ र तिहारको बिचमा रिलिज गरिने छ l