'पिर' गीत बजारमा आयपछि गायक प्रकाश सपुतको चर्चा झनै चुलियो l 'पिर' गीत सकारात्मक प्रतिकृयामानै सीमित मात्र भएन l यो गीत विवादमा तानियो l राजनैतिकका कारण गीतले धेरै नै विवादको सामना गर्न पर्‍यो l भिडियोमा देखाइएको एक अंसका कारण भिडियोलाई हटाउन समेत राज्नित्यग्यहरुले माग राखे l प्रकाशले उक्त गीतलाई युट्युब बाट हटाएनन् तर उनले नेताहरूको खुट्टा काम्न बाध्य बनाएको एक अंस हटाएर पुनः युट्युबमा अपलोड गरे l उनले आफुकोही सँग डराएर वा नझुकेर गीतलाई नहटाएको बताएका छन् l सपुतले ‘पीर’ माथि उत्पन्न विवाद र उठेका प्रश्नहरुबारे जवाफ दिन आज पत्रकार सम्मेलनको आयोजना गरेका थिए । भिडियोकै लागि राखिएको एक कार्यक्रम बिच सपुतले उक्त प्रतिकृया दिएका हुन् l आम मानिसको कथा देखाउन खोज्दा भिडियोलाई नकारात्मक दृष्टिमा हेरिएको बताएका हुन् l साथै पत्रकारले परिचालित भएको हो भने प्रश्न गर्दा उत्तर यस्तो थियो l ‘म यो समाजबाट परिचालित छु । म मानिसहरूको कथा आम मानिसले भोगेको समस्या र कथा व्यथाबाट परिचालित छु । अरू कुनै शक्तिले मलाई परिचालित गर्न सक्दैन ।’ ‘मैले गीत डिलिट नै गरेर छोडेको भए म कसैसँग डराएको भन्न मिल्थ्यो । यसलाई भावनात्मक हिसाबले सोचिदिनुहोला । मैले जनयुद्धबाट माथि उठेको एउटा तप्काको चित्त दुखाउनै खोजेको थिएँ । तर, जसलाई पीडितको रुपमा देखाएँ उनीहरूले पनि चित्त दुखाएपछि सोच्न बाध्य भएको हुँ । भिडियो सम्पादन भए पनि मैले दिन खोजेको सन्देश यथावत् छ,’ l भिडियो प्राइभेट गर्दैमा गीतको हत्या नभएको प्रकाशले अभिव्यक्ति दिएका थिय l