पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ । बलात्कार आरोपमा पक्राउ परेका शाहलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो l तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिसचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो l केही दिन अघि शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता भएको थियो । पल विरुद्ध फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी परेको थियो l अनुसन्धानकै क्रममा प्रहरीले पलका म्यानेजरलाई समेत पक्राउ गरेको थियो ।