फिल्म ‘झिँगे दाउ’ को रिलिज मिति तय गरिएको छ l निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बारे जानकारी गराएका हुन् l फिल्म आगामी ३१ भदौमा प्रदर्शन हुने भएको छ । पोस्टरमा अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई देखाइएको छ l ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्ममा सुलभ, समीक्षा र सुशील निर्माताको रुपमा रहेका छन् l प्रदीप भारद्वाजको पटकथा संवाद रहेको फिल्म सामाजिक विषयवस्तुमा निर्माण भएको हो l फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । फिल्ममा केकी र आँचलको अलावा ‘बुलबुल’बाट डेब्यु गरेका नायक मुकुन भुसालको समेत मुख्य भूमिका रहेको छ ।