गायक सुनिल गिरीको आवाजमा ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गिरीकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतमा स्वयम गिरीकै शब्द, संगीत, र संगीत संयोजन समावेश छ l

आवाजमा सुनिललाई गायिका सुनिता तिमल्सिना साथ दिएकी छिन् l लोक पप शैलीको गीतको भिडियोमा पल शाह र प्रकृति श्रेष्ठ फिचर्ड छन्  । दीपेन्द्र तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।