हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा हुन गैरहेको एक कार्यक्रमको लागि उनी नेपाल आउन लागेका हुन् l कार्यक्रम २६ मार्च २०२२ अर्थात् १२ गते हुन गइरहेको छ l उनी पहिलो पटक नेपाल आउन लागेका हुन् l हलिउड अभिनेता सिल्भियो समर्पित मार्शल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । जसले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरेका छन् ।