गायक निशान भट्टराईको आवाजमा 'आमा बाबा प्यारी' बोलको गीत रिलिज भएको छ l किरण चापागाईँको शब्द तथा लय सिर्जना रहेको गीतलाई रचनाकार किरणकै अफिसियल युट्युब च्यानल बाट हेर्न सकिन्छ l भिडियोलाई रियल जोडी नायिका लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेका हुन् l
लक्ष्मी बर्देवा, जीवन भट्टराई ,किशोर भण्डारी ,टिका निरौला र बाल कलाकार आर्श्या दाहालको अभिनय भिडियोमा देख्न सकिन्छ l भिडियोको दृश्य कैद बुद्ध थापाले गरेका छन् भने सम्पादनको काम विष्णु खड्काको रहेको छ l