शान्ति शर्मा अफिसियल युट्युब च्यानल बाट गीत 'बिरानो सहरमा' रिलिज गरिएको छ l गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूप राज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ l वरिष्ठ संगीतकार दीपक जङ्गमको लय सिर्जना रहेको गीतमा देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ l प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रुपमा उतारिएको भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् l प्रकाश मिश्रले मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्।
भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ। मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयंले सम्पादन गरेका छन् l