बलिउड अभिनेता सोहेल खान नेपाल आउने भएका छन् । आगामी महिनाको १३ अप्रिलमा खान नेपाल आउने भएका हुन् । दबङ टुरकै लागि यानिकी सलमानको सम्पूर्ण कार्यक्रम तय गर्ने सोहेल नेपाल आउन लागेका हुन् l सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ । ओडीसी इन्टटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा सलमानलगायत बलिउड कलाकारहरू सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नानडिज, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मालगायत टिम नेपाल आउदै छन् । सलमानको नेपाल बसाइ ३ दिनको रहेको छ l साथै सलमानले ‘माउण्टेन फ्लाइट’मार्फत सगरमाथा अवलोकन गराउने तयारी पनि आयोजकको रहेको छ । इभेन्ट २८ तारिखमा हुँदै छ l