नायक- नायिकाहरूको सम्बन्ध चिसिनु वा तातिनु नौलो कुरा भने हैन l यो त उनीहरूको चली आएको चलन नै हो l कलिउड, बलिउड होस् या हलिउड यस्ता समाचारहरू त हरेक दिन सम्प्रेषण भइरहेको हुन्छ l प्रेम सम्बन्धका खबरहरू छापिनु स्वाभाविक नै हो किनकि पब्लिक फिगर हुन् l के गरे ,कसो गरे , कता गए , को सँग के भैराछ यस्ता कुराको त हरेक दिन चियो चर्चा नै हुन्छ l हालै बलिउड नायिका श्रद्धाको प्रेम सम्बन्ध चिसिएको खबरको पनि चर्चा भयो l विगत ४ वर्ष देखी दुई शरीर एक मुटु भैरहेका श्रद्धा र रोहनको ब्रेकअपको खबरले सिने बजार तातिए सँगै श्रद्धा र उनका पिताले उक्त कुरा बारे आफ्नो मुख खोलेका छन् l श्रद्धाले इन्स्टाग्राममा तस्बिर सेयर गर्दै ‘और सुनाओ ???’ भनेर आफ्नो प्रतिक्रिया व्यक्त गरेकी छिन् । भने छोरीको बचाउ गर्दै कलाकार शक्ति कपुरले भनेका छन् 'रोहनका बुवालाई धेरै वर्षदेखि चिनेको हुँनाले रोहन र हामी पारिवारिक साथी हौ' l श्रद्धा र रोहनले आफ्नो सम्बन्धलाई भने स्वीकार गरीसकेका छैनन् l