२८ तारिखमा हुन लागेको सलमानको ‘द दबङ रिलोडेड टुर’ को लागि कन्सर्टमा प्रस्तुति दिन माला लिम्बु फाइनल भएकी छिन् l अहिलेसम्म माला लिम्बु मात्रै फाइनल भएकी हुन् l ओडीसी इन्टरटेनमेन्टले आयोजना गर्न लागेको कार्यक्रममा प्रस्तुति दिने अन्य कलाकारको भने खोजी भैरहेको छ l कन्सर्टमा ५–६ जना नेपाली कलाकारहरूलाई सहभागी गराइने छ । एक डेढ घण्टा नेपाली कलाकारहरूले प्रस्तुति दिन पर्ने आयोजकको भनाइ छ l