२५ मार्चदेखि रिलिज भएको फिल्म 'आरआरआर' हेर्न पुगेका एक दर्शकको हृदयाघातको कारण निधन भएको छ l ओबुलेसु नाम गरेका एक फ्यानको आन्ध्र प्रदेशको अनन्तपुरको एसवी म्याक्समा फिल्म हेरिरहँदा उनको निधन भएको हो l उक्त खबर भारतिय संचारमा उल्लेख छ l लामो समय उनले हलचल नगरेपछि उनीसँगै फिल्म हेर्न आएका साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए । त्यहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए । एस् एस् राज मौलीले फिल्म निर्देशन गरेका छन् l फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा रहेका छन् । यही फिल्म बाट बलिउड अभिनेत्री आलियाले तेलुगु चलचित्रमा डेब्यु गरेकी छन् । डीभीभी इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई डीभीभी दानय्याले निर्माण गरेका हुन् । आरआरआर हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायलम गरी पाँच भाषामा रिलिज भएको छ । यस अघि एस् एस् राजमौलीले ‘बाहुबली’ र ‘बाहुबली २’ सुपरहिट फिल्म निर्देशन गरेका थिए ।