भारतीय हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । शनिवार उनी सर्लाही आएका हुन् । सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न आएका यादवलाई ५६ किलोको मालाले सम्मान गरिएको थियो । कलाकार यादवले पानमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गरेका थिय l कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मे हम्मे परेको थियो । गोपाल सेवा समितिले आयोजना गरेको कार्यक्रम बिच नै यादव फर्किएका थिय l