गायक मिलन श्रेष्ठको आवाजमा रहेको गीत ‘फर्किन चाहन्छु ‘ सार्वजनिक भएको छ। आसुसेन लामाको शब्द र लय सिर्जना गीतमा समावेश छ l युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलले खिचेका हुन् l
भिडियोमा कलाकार रश्मि भट्ट ,गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ। विकास दाहालले भिडियोको सम्पादन गरेका हुन् l सार्वजनिक भिडियोलाई 'मिलन गीता श्रेष्ठ' युट्युब च्यानल बाट हेर्न सकिन्छ l