रचना रिमालको स्वरमा गीत 'एक्का ट्रायल' सार्वजनिक भएको छ l स्वरमा रचनालाई राजन राज सिवाकोटीले साथ दिएका छन् l साथै संगीत पनि सिवाकोटीकै रहेको छ l गीतको शब्द सुवास चन्द्र ढुङ्गेल कोरेका हुन् l   रवीन्द्र खड्का निर्देशन रहेको भिडियोमा वरिष्ठ न्रित्य निर्देशक कमल राईको कोरियोग्राफी रहेको छ । छायांकन शिव ढकाल तथा सम्पादन बनिस शाहको भिडियोमा छ l 

 

भिडियोमा धर्मेन्द्र आचार्य, पवित्रा आचार्य लगायतको अभिनय हेर्न सकिन्छ  । भिडियोलाई गीतकार ढुङ्गेलकै अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।