महारानी इन्टरटेन्मेन्ट युके र एभरेस्ट सूर्य बोहरा फिल्मस् सँगको संयुक्त सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ मा समावेश गीत ‘झुम्के बुलाकी’ रिलिज भएको छ । सार्वजनिक गीतमा राजराज सिवाकोटीको शब्द, संगीत तथा स्वर छ । उनलाई फिमेल गायनमा मिलन नेवारले साथ दिएकी छन् । गीतमा मुख्य अभिनेता विक्रम जोशी र अभिनेत्री बिभिया श्रेष्ठलाई फिचर्ड गरिएको छ ।
सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको कथा निर्देशक बोहरा र विक्रम डी जोशीले लेखेका हुन् । एभरेस्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानले छायांकन गरेको यस फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । फिल्मको निर्मातामा हिराल जोशी र विक्रम डी जोशी छन् । फिल्ममा विक्रम डी जोशी, दीपिका प्रसाईँ, प्रियंका कार्की, विल्सन विक्रम राई र विक्रान्त बस्नेत लगायतको अभिनय रहेको छ । आगामी शुक्रबारबाट फिल्म प्रदर्शनमा आउँदै छ l