फिल्म ‘ठगराज’को गीत रेकर्डिङ्ग सुरु गरिएको छ । गायक प्रताप दाश र दीपा लामाको आवाजमा गीतको रेकर्डिङ्ग गरिएको हो l ‘माया बसेको रहिछ’ गीतमा निर्देशक लक्ष्मण सुवेदीको शब्द छ भने दीपक शर्माले संगीत दिएका छन् । गीतका एरेन्जर शिवराम रसाइली हुन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालाफोर्निया र दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने फिल्मको कथा , निर्माण र निर्देशन सुवेदीकै रहेको छ l फिल्म सामाजिक कथा , कमेडी , प्रेम र सेन्टिमेन्ट्को एउटा प्याकेजमा बन्ने छ l फिल्मको लागि कलाकार भने छनौट भैसकेको छैन l अब चाडै नै कलाकार पनि छनौट गरी जानकारी गराइने निर्माण टिमको भनाइ छ l चैत्रको अन्तिमबाट फ्लोरमा फिल्म उत्रने छ l यस अघि सुवेदीले एउटा साथी , स्टार लगायत फिल्ममा काम गरी सकेका छन् l