साउथ फिल्म 'केजीएफ २' ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो l ट्रेलरमा यश, सञ्जय दत्त र रविना टण्डनको अभिनय र डाइलग निकै दमदार छ । प्रशान्त नीलद्वारा लिखित तथा निर्देशित फिल्म भारतमा ६ हजार स्क्रिनमा प्रदर्शन हुनेछ ।
होम्बले फिल्म्सको ब्यानरमा विजय किरागन्दूरले निर्माण गरेको फिल्मलाई उत्तर भारतीय बजारमा रितेश सिधवानी र फरहान अख्तरको एक्सेल इन्टरटेनमेन्ट र एए फिल्म्सले प्रस्तुत गरेको छ l फिल्म आगामी अप्रिल १४ अर्थात् वैशाख १ गते प्रदर्शन हुँदै छ ।