'कमेडी क्लब विथ च्याम्पियन' को दोस्रो भागको प्रोमोमा आफ्नो मान् हानी हुने गरी ब्यङ्ग्य हानेको भन्दै गायक दुर्गेश थापाले प्रोमो हटाउन लगाएका छन् l प्रसारित प्रोमोमा आफ्नो मजाक उडाएको भन्दै उनले निर्माण टिमलाई हटाउन बाध्य बनाएका हुन् l हाल निर्माण टिमले सो प्रोमो युट्युब बाट हटाइसकेको छ l कमेडीएन साजन श्रेष्ठले दुर्गेशलाई मजाक बनाउँदै आफ्नो प्रस्तुति दिएका थिय l पल शाह प्रकरणलाई ईंगित गर्दै दुर्गेश कसैको साथी हुनसमेत लायक नरहेको सन्देश दिन खोजिएको थियो ।प्रोमोमा सजनले भनेका थिए, ‘उहाँ चैँ, गाली खान पचाउन सिकाउने गुरु । उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बा बा…। उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन । साथी हानिकारक हुन्छ ।’ दुर्गेशले कानुनी प्रक्रियामा जाने चेतावनी दिएपछि निर्माण टिमले सो प्रोमो हटाएका हुन् l यस बारे दुर्गेशले साजन र सो मा अध्यक्ष रहेकी कलाकार दिपाश्री निरौला सँग पनि कुरा गरी सकेका छन् l बुझिए अनुसार पूरा कार्यक्रममा पनि दुर्गेशको सो दृश्य हटाइने छ l